AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस नेता सिंहले भने : हामीले अहिल्यै गठबन्धनको साथ छाडन मिल्दैन

कांग्रेस नेता सिंहले भने : हामीले अहिल्यै गठबन्धनको साथ छाडन मिल्दैन

  • शुक्रबार, माघ १२, २०८०
कांग्रेस नेता सिंहले भने : हामीले अहिल्यै गठबन्धनको साथ छाडन मिल्दैन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अहिल्यै कांग्रेसले गठबन्धनको साथ छाडन नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

सिंहले संविधान जारी गर्दा र संविधान बचाउनसँगै हातेमालो गरेका दलहरुको साथ तुरुन्तै छाडन नहुने बताए ।नेता सिंहले भने,‘हामीले समस्या पर्दा उहाँहरूको साथ लिएर मुलुकलाई निकास दिएका छौं, अब अहिले आफूहरुको अवस्था सहज हुँदै गयो भन्दैमा दुःखमा साथ दिने दलहरुलाई एक्लै छाडेर हिँड्नु भएन नि।’

नेता सिंहले नेपाली राजनीतिमा विश्वासको वातावरण भने कमजोर भएको आफूले महसुस गरेको उल्लेख गरे । उनले राजनीतिक दलहरुमा यस्ताखाले समस्या भए मुलुकले दुःख पाउने बताए ।

Facebook Comments

सम्बन्धित समाचार