AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस महामन्त्री थापाले मेची पुलबाट शुभारम्भ गरे मेची: महाकाली संवाद यात्रा

कांग्रेस महामन्त्री थापाले मेची पुलबाट शुभारम्भ गरे मेची: महाकाली संवाद यात्रा

  • शनिबार, माघ १३, २०८०
कांग्रेस महामन्त्री थापाले मेची पुलबाट शुभारम्भ गरे मेची: महाकाली संवाद यात्रा

झापा-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा शुभारम्भ गरेका छन् ।

उनले शनिबार बिहान झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा शुभारम्भ गरेका हुन् । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

संवाद यात्रामा जनताका कुरा सुन्ने, भाषणका कार्यक्रम नगर्ने तयारी छ। कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गरेको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत सुरू महामन्त्री थापाको संवादयात्रा शुभारम्भ कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायतका नेताहरू उपस्थित रहेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार