AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता

  • शनिबार, माघ १३, २०८०
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता

काठमाडौं-चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।

शनिबार दिउँसो बालकोट पुगेर उपमन्त्री हायानले अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन्।

भेटमा उनीहरुबीच दुई देशको सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्।

उनले आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।

सम्बन्धित समाचार