AarthikBikash
मङ्लबार, साउन २६, २०८३
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी

  • बिहिबार, माघ २५, २०८०
बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक जारी छ।बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

सम्बन्धित समाचार