AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

  • आइतवार, माघ २८, २०८०
रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

काठमाडौं- प्रमुख सत्तासाझेदार दल कांग्रेकका   महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् । आइतबार बसेको  राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको जानकारी गराउँदै उनीहरुलाई स्वदेश फर्काउन सरकार चुकेको आरोप लगाएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा महामन्त्री शर्माले रुसी सेना छोडेको नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठाएको बताए । ‘मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रुसी सेनाले पक्राउ गरेको छ । रुसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?,’ उनले बैठकमा भने ।

Facebook Comments

सम्बन्धित समाचार