AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • खेलकुद
  • क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

  • मङ्लबार, फाल्गुन ८, २०८०
क्यानडाविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौं – नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडा–११ विरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

मंगलबार मूलपानी क्रिाकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।

कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए । १४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २/२, बसिर अहमद र सागर ढकालले १/१ विकेट लिएका थिए । यो जितसँगै तीन खेलको शृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । यसअघि नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो । अन्तिम तथा शृंखला निर्णायक खेल बिहीबार हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।