AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी पदाधिकारीको बैठक बालुवाटारमा

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा

  • बुधबार, चैत्र १४, २०८०
माओवादी पदाधिकारीको बैठक बालुवाटारमा

काठमाडौं-नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल हुनेछ । इलाम २ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।

गठबन्धनमै रहेको रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ । यस्तोमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने कि गठबन्धनका उम्मेदवारलाई सघाउने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुनेछ।

त्यस्तै नयाँ बनेको गठबन्धनमा प्रदेश सरकार भागबन्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार