AarthikBikash
बुधबार, माघ २३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

  • बिहिबार, चैत्र २२, २०८०
कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं-नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ ।

यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम– २ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन् ।

कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ । यसैगरि दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार