AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री लामिछानेले भने : प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छ

गृहमन्त्री लामिछानेले भने : प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छ

  • शुक्रबार, बैशाख ७, २०८१
गृहमन्त्री लामिछानेले भने : प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छ

इलाम-गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे।

गृहमन्त्री लामिछानेले भने,‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला।’

रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै गृहमन्त्री लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए ।

अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए ।

Facebook Comments

सम्बन्धित समाचार