AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

  • सोमवार, जेष्ठ २१, २०८१
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ र राष्ट्रियसभाको बैठक मध्याह्न १२ः१५ बजे बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। हिजोदेखि जारी छालफल भोलि सकेर पास गर्ने तयारी छ।

मध्याह्न १२ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने कार्यसूची रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार