AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • अहोरात्र काम गरेर भएपनि तीन महिना भित्र काम सम्पन्न गर्छौं : सूर्य थापा

अहोरात्र काम गरेर भएपनि तीन महिना भित्र काम सम्पन्न गर्छौं : सूर्य थापा

  • बुधबार, जेष्ठ २३, २०८१
अहोरात्र काम गरेर भएपनि तीन महिना भित्र काम सम्पन्न गर्छौं : सूर्य थापा

काठमाडौं-सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिका सभापति सूर्य थापाले तीन महिनाभित्र काम सम्पन्न गर्ने बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको पहिलो बैठकपछि बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । सभापति थापाले आजको मितिले तीन महिनाभित्र काम सम्पन्न गर्ने बताए ।

त्यसका लागि अहोरात्र काम गर्ने सदस्यहरूबीच छलफल भएको सभापति थापाले बताए । संसद्ले दिएको कार्यादेश अनुसार काम गर्ने सभापति थापाको भनाई छ ।

आजको बैठकले आन्तरिक कार्यविधि मस्यौदा बनाउन सचिवालयलाई निर्देशन दिएको छ । सहकारी घोटालाबारे छानबिन गर्न प्रतिनिधि सभाले जेठ १५ गते ७ सदस्यीय विशेष समिति बनाएको थियो ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार