mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • पहिलो चरणमा सरकारको नेतृत्व ओलीलाई दिने कांग्रेसको निर्णय

पहिलो चरणमा सरकारको नेतृत्व ओलीलाई दिने कांग्रेसको निर्णय

  • बुधबार, असार १९, २०८१
पहिलो चरणमा सरकारको नेतृत्व ओलीलाई दिने कांग्रेसको निर्णय

काठमाडौं-नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

कांग्रेसले मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरेको छ । तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ।

सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता महतले बताए।

सम्बन्धित समाचार