mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक ९, २०८२

नारायणी नदीको किनारमा तीन जनाको शव फेला

  • मङ्लबार, असार २५, २०८१
नारायणी नदीको किनारमा तीन जनाको शव फेला

काठमाडौं– नारायणी नदीको किनारमा तीन जनाको शव फेला परेको छ।पूर्व नवलपरासीस्थित नारायणी किनारमा तीन जनाको शव फेला परेको हो। गैंडाकोट नगरपालिका-१ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्व-नवलपरासीले जनाएको छ। मंगलबार बिहान साढे १० बजे नदी किनारमा दुई जना पुरूष र एक जना महिलाको शव फेला परेको हो।

मृतक अन्दाजी ६० वर्षीय पुरूष, अन्दाजी ४०/४५ वर्षीय पुरूष र अन्दाजी ४०/४५ वर्षीया महिला छन्।उनीहरूको शव सडिसकेको अवस्थामा फेला परेको हो। मृतक तीनै जनाको सनाखत गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार