AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीमा ओलीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

प्रधानमन्त्रीमा ओलीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

  • आइतवार, साउन ६, २०८१
प्रधानमन्त्रीमा ओलीविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।न्यायाधीश बालकृष्ण ढकालको इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।योसँगै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले उक्त विवादमा सुनुवाइ गर्ने छ।

२८ असारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका थिए ।सोही अनुसार कांग्रेस–एमालेसहितको दलको समर्थनमा एमाले संसदीय दलका नेता ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल, दीपक अधिकारी र विजय हमालले धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि अर्को सरकार धारा ७६ (३) बमोजिम गठन हुनुपर्नेमा राष्ट्रपतिले धारा ७६ (२) बमोजिम गठन गरेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।उनीहरुले राष्ट्रपतिको कार्यालय र संघीय संसद सचिवालयलाई विपक्षी बनाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार