AarthikBikash
बिहिबार, बैशाख ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कांग्रेस नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

कांग्रेस नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

  • सोमवार, भदौ २४, २०८१
कांग्रेस नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिएका छन् ।उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा उजुरी परेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।ज्योति हाल फरार छिन् । ठगीमा मुछिएपछि कानूनी रुपमा उनीहरुले सम्बन्ध बिच्छेद गराएका छन् । नेपाल छाडेर उनी भागेकी छिन् ।

सो सहकारीको उनले १५ करोड रुपैयाँ हिनामिना गरेको अहिलेका सञ्चालकहरुको दाबी छ । आफु पनि यसमा फस्ने भएपछि धनराजले हतार हतार कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेको स्रोत बताउँछ ।यद्यपी उनले नै श्रीमतीलाई विदेश पठाएको बताइन्छ । सो विषयमा सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ ।

सम्बन्धित समाचार