काठमाडौं-सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीलाई जिल्ला अदालत कास्कीले थप ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगीको आरोपमा जोशीलाई असोज ६ गते काठमाडौं शंखमुलबाट पक्राउ गरेर सोही दिन पोखरा पठाईएको थियो ।
७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।
प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । तर अदालतले ७ दिन म्याद थप गरेको छ ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।