AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सर्वोच्चका प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

सर्वोच्चका प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

  • मङ्लबार, अशोज १५, २०८१
सर्वोच्चका प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

काठमाडौं– सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी परेको हो । प्राप्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिएको छ। राउतविरुद्ध सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका छन्। राउतले गरेको सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ ।

श्रीमतीसँग विवादित र झगडिया रहेको टिप्पणी गर्दै अर्को उजुरी परेको छ। कतिपय न्यायाधीशमाथि छानबिन गर्नुपर्ने दाबी गर्दै छानबिन कि हुँदैन भन्ने अर्को प्रश्न गरिएको छ । चितवनकी शुभलक्ष्मी थपलियाले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गाबारे अदालतले गरेको फैसलाले उठिबास लगाएको आरोप लगाउँदै उजुरी दिएकी छन् । बाजुराका गगन ऐडीले न्यायाधीश राउतसँग प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाउँदै उजुरी दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार