AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वोच्चमा तिहार बिदा आजदेखि, प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने

सर्वोच्चमा तिहार बिदा आजदेखि, प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने

  • बिहिबार, कार्तिक १५, २०८१
सर्वोच्चमा तिहार बिदा आजदेखि, प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाइ हुने

काठमाडौं-सर्वोच्च अदालतमा बिहीबारदेखि तिहार बिदा सुरु भएको छ ।

तर, तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ ।

‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ’, सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार