AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा

राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा

  • सोमवार, कार्तिक २६, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहा पुगेका छन् ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा उनी आज दोहा पुगेका हुन् ।

उनलाई विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई लगायत दूतावासका कर्मचारीले स्वागत गरे । सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।

राष्ट्रपति पौडेल भोलि दोहा हुँदै अजरबैजानको बाकु प्रस्थान गर्नेछन् । कोप –२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार