AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

  • आइतवार, मंसिर ९, २०८१
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । यसैबीच राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएकोमा राष्ट्रपति पौडेलले मंसिर १० देखि लागू हुनेगरी स्वीकृत गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।

उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।

Facebook Comments

सम्बन्धित समाचार