एजेन्सी-अमेरिकी अदालतले सर्वोच्च अदालतको समीक्षा नभएसम्म सम्भावित प्रतिबन्ध रोक्न टिकटकको निवेदन अस्वीकार गरेको छ ।
अमेरिकाको संघीय पुनरावेदन अदालतले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको अनुरोधलाई अस्वीकार गरेको हो ।
कम्पनीका चिनियाँ मालिकहरूलाई सुप्रीम कोर्टले आफ्नो चुनौतीको समीक्षा नगरेसम्म देशमा प्रतिबन्ध लगाउन वा देशमा प्रतिबन्धको सामना गर्नु पर्ने कानूनको कार्यान्वयन रोक्नको लागि अस्वीकार गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो अदालतले टिकटकको अनुरोधलाई ‘अनावश्यक’ भन्दै अस्वीकार गरेको जनाइएको छ ।
टिकटक र यसको मालिक बाइट डान्सका वकिलहरूले कोलम्बिया सर्किट डिस्ट्रिक्टको लागि युएस कोर्टमा गरेको अपीलमा भनिएको थियो कि अमेरिकी सरकारको नीति गलत छ, टिकटक माथी प्रतिबन्ध लगाइनु हुन्न । तर, सो अदालतका तीन न्यायधिसको संयुक्त इजालसले अमेरिकी सरकारको पक्षमा रहेको र कानूनलाई उनीहरूको चुनौती अस्वीकार गरेको जनाएका छन् ।
यसअघि बाइडन सरकारले टिकटक माथी प्रतिबन्ध लगाउने प्रकिया बढाए पछि टिकटक अमेरिकामा प्रतिबन्ध हुने खतरा कायमै छ । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि टिकटकमा खाता खोले पछि सो प्रतिबन्ध अगाडी नबढने संकेत देखिएको छ ।
त्यसैले अदालतले कम्तिमा कुनै निर्णय नदिएर तत्कालका लागि टिकटकको अनुरोधलाइ अस्विकार गरेको हो । ट्रम्पले पद तथा गोपनियताका सपथ नलिएसम्म अदालतले कुनै निर्णय नलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।