AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • डब्लुएचओबाट फिर्ता भयो अमेरिका

डब्लुएचओबाट फिर्ता भयो अमेरिका

  • मङ्लबार, माघ ८, २०८१
डब्लुएचओबाट फिर्ता भयो अमेरिका

काठमाडौं-राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई फिर्ता लिने घोषणा गरेका छन् ।

आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले संयुक्त राष्ट्र संघको जनस्वास्थ्य एजेन्सीसँगको सम्बन्ध तोड्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

बीबीसीका अनुसार यो आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो। अन्य देशहरूको तुलनामा अमेरिकाले यसको लागि अनुचित मूल्य चुकाएको छ।’

ट्रम्प लामो समयदेखि डब्लुएचओको आलोचना गर्दै आएका थिए । यसअघि ट्रम्प राष्ट्रपति हुँदा जुलाई २०२० मा औपचारिक रूपमा अमेरिका डब्लुएचओबाट अलग्गिएको थियो ।

सम्बन्धित समाचार