AarthikBikash
बुधबार, माघ ९, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेलद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

  • मङ्लबार, माघ ८, २०८१
राष्ट्रपति पौडेलद्धारा संसदको हिउँदे अधिवेशन आह्वान

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन  आह्वान  गरेका छ्न्।

राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन  आह्वान गरेका हुन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार