AarthikBikash
बुधबार, फाल्गुन २८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने विपक्षीको चेतावनी

प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने विपक्षीको चेतावनी

  • मङ्लबार, फाल्गुन २७, २०८१
प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने विपक्षीको चेतावनी

काठमाडौँ– विपक्षी दलहरूले कोशी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।तर, प्रदेश सभामाका विपक्षी दलहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । यद्यपि, राप्रपाले भने संसद्‌मा उपस्थित हुने जनाएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राजालाई गाली गरे नियमापत्ति जनाउने राप्रपाले जनाएको छ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट राप्रपाका हुन् ।

विपक्षीहरूले प्रधानमन्त्रीको बोलीमा लगाम लगाउने प्रयास गरेका छन्। माओवादी र एकीकृत समाजवादीले पनि दुई वटा सर्त राखेका छन् । पाथिभरा(मुकुम्लुङ)को र कोशी नामकरणको विषयमा नबोल्ने प्रतिबद्धता मुख्यमन्त्री हिक्मत कार्कीले राखे मात्रै बैठकमा आउने उनीहरूको चेतावनी छ । त्यसका लागि मुख्यमन्त्री कार्कीले आजै दुई दलसँग छलफल गर्दै छन् ।

Facebook Comments

सम्बन्धित समाचार