AarthikBikash
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • राजनीति
  • दलित परिवारको घर भत्काइएको घटनामा गृह मन्त्रालय तानिए सिरहाका सीडीओ

दलित परिवारको घर भत्काइएको घटनामा गृह मन्त्रालय तानिए सिरहाका सीडीओ

  • शुक्रबार, चैत्र ७, २०८१
दलित परिवारको घर भत्काइएको घटनामा गृह मन्त्रालय तानिए सिरहाका सीडीओ

काठमाडौं-सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्।

आज बिहान गृह मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सीडीओ पठाएको हो।

सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

औरही गाउँपालिका ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ।

गाउँमा चैत १७ गतेदेखि महायज्ञ हुन लागेको छ। उनीहरूको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि यसबारे सर्वत्र विरोध भइरहेको छ ।

सम्बन्धित समाचार