AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड लक्षित ओलीको कटाक्ष : कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा

प्रचण्ड लक्षित ओलीको कटाक्ष : कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा

  • बिहिबार, चैत्र १३, २०८१
प्रचण्ड लक्षित ओलीको कटाक्ष : कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।

शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा भएको सहमतिलाई कुलमान बर्खास्ती प्रकरणसँग जोड्न खोजेको भन्दै उनले प्रचण्डको आलोचना गरेका हुन् ।

संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी दुवै फरक विषय भएको बताए ।

ओलीले भने–‘हिजो–अस्ति मैले सुनेँ, शान्ति प्रक्रियाका लागि छलफल गर्न भनेर बोलाए, अनि सिफारिस समिति बनाएपछि एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकालेछन्, यस्तो धोका । कहाँबाट जोडियो खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा ? अर्कै–अर्कै कुरा हो त शान्ति प्रक्रिया र एउटा कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको कुरा । कहाँबाट जोडिन आयो ??’

अर्कोतिर अहिले ननइस्यूहरुलाई इस्यू बनाउन खोजिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए । राजावादी आन्दोलनलाई ईंगित गर्दै ओलीले भने–‘के निकालेको नन इस्यू पनि कसरी निकालेको हो । ६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभो । हामी दुई–चार महिनामा घर फर्किन्छौँ । उहाँ २५० वर्षपछि फर्किनुभएछ । ठूलो कुरै भएन नि ! अहिले यति वर्षपछि कहाँबाट फेरि नन इस्यू‘ पोखराबाट आउनुभो रे, कहाँ दरबार लान्छु भन्या हो ।’

Facebook Comments

सम्बन्धित समाचार