काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता बचाउन नसक्नु दुर्भाग्य भएको बताएका छन् । मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै प्रचण्डले झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि कम्युनिष्ट एकतालाई बचाउन नसक्दा दुःख लागेको बताए ।उनले कम्युनिस्ट नेताहरुले त्यसबाट पाठ सिक्नु पर्ने बताए ।
वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले भने–‘कम्युनिष्ट एकताको लागि निरन्तर लाग्नु पर्छ। हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं । तर, हामीले एकताको प्रयास चाहिँ छाडेका छैनौं ।’ फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्ने उनले बताए । एक पटक कम्युनिष्ट एकता फुट भएपनि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भन्ने सोच राख्न नहुने बताए ।