AarthikBikash
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • राजनीति
  • राप्रपाको खबरदारी सभा बल्खु चोकमा सुरु

राप्रपाको खबरदारी सभा बल्खु चोकमा सुरु

  • मङ्लबार, चैत्र २५, २०८१
राप्रपाको खबरदारी सभा बल्खु चोकमा सुरु

काठमाडौं– बल्खु चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौंको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।

कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् । पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ । गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार