AarthikBikash
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

  • बुधबार, बैशाख ३, २०८२
विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संघीय संसद्को बजेट अधिवेशन वैशाख १२ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार राति बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील रहेको जानकारी दिइन् ।

Facebook Comments

सम्बन्धित समाचार