रुपन्देही-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।
माओवादी केन्द्रले सञ्चालन गरिरहेको जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानअन्तर्गत अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् ।
उनले बिहान साढे ५ देखि ८ः३० बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवाद गरेका छन् ।
यस्तै बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसीएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।