AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • राजनीति
  • बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

  • बिहिबार, बैशाख ४, २०८२
बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको बताएका छन् ।

रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको बताएका हुन् ।

उनले भने,‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो ।’

बिचौलियाहरुले कहिले कांग्रेसलाई त कहिले एमालेलाई पकडेकाले गथर्नर नियुक्तिमा ढिलाई भएको प्रचण्डको भनाई छ ।

गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव समेत दिए ।

स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार