AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • राजनीति
  • कवाडी संकलन केन्द्र हटाउन महानगर प्रहरीले डोजर चलायो

कवाडी संकलन केन्द्र हटाउन महानगर प्रहरीले डोजर चलायो

  • बिहिबार, बैशाख ४, २०८२
कवाडी संकलन केन्द्र हटाउन महानगर प्रहरीले डोजर चलायो

काठमाडौं-काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ ।

च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्रमा  पटक–पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाएर हटाएको महानगर प्रहरी बलले जनाएको छ ।

कवाडी संकलन केन्द्र हटाउन् महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको छ ।

डोजर लगाएर कवाडी संकलन केन्द्र भत्काउनेक्रममा दुई मजदुरहरुले ढुंगामुढा गर्दा  ढुंगा लागेर डोजरको सिसा फुटेको छ ।

डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार