AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रामबहादुर बम्जनले पाए सफाई

रामबहादुर बम्जनले पाए सफाई

  • बिहिबार, बैशाख ४, २०८२
रामबहादुर बम्जनले पाए सफाई

काठमाडौं – आफूलाई बौद्ध धर्मगुरु बताउने रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ ।

उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको हो । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बम्जनले आज सफाई पाएका हुन् ।

सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई उच्च अदालतले २०८१ चैत ६ गते सफाइ दिएको हो । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई बलात्कार मुद्दामा सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले बताए ।

बम्जनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उच्च अदालतले फैसला गरेको बखत बम्जन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए । उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार