काठमाडौं-अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइएको छ ।
अमेरिकाको टेक्सासमा अवैध रुपमा बस्दै आएका युवकलाई शनिबार चार्टड विमानमार्फत काठमाडौं छाडिएको हो ।
पर्वत, दाङ र रुकुम पश्चिमका युवाहरुलाई अमेरिकाले नेपाल छाडेको बताइएको छ ।
उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।