AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • समाज
  • राप्रपा प्रदर्शन : माइतीघर नयाँ बानेश्वर सडक डाइभर्सन

राप्रपा प्रदर्शन : माइतीघर नयाँ बानेश्वर सडक डाइभर्सन

  • आइतवार, बैशाख ७, २०८२
राप्रपा प्रदर्शन : माइतीघर नयाँ बानेश्वर सडक डाइभर्सन

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरिएको छ ।

माइतीघर, बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ ।

उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।

सवारी साधनको संख्या बढ्नुका साथै डाईभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका छन् ।

क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

यसबाहेक अन्य मुख्य– मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार