काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र शब्दमा नभएर आचरण, सोच र कार्यशैलीमा देखिनु पर्ने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले आज सामाजिक सञ्जालमा लेखेका छन्–‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन । लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ ।’
महामन्त्री थापाले समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस् भन्दै शुभकामना दिएका छन् ।