AarthikBikash
सोमवार, असार २, २०८२
  • होमपेज
  • राजनीति
  • शशांकको चियापानमा पूर्वपदाधिकारीको बैठक

शशांकको चियापानमा पूर्वपदाधिकारीको बैठक

  • बिहिबार, बैशाख ११, २०८२
शशांकको चियापानमा पूर्वपदाधिकारीको बैठक

काठमाडौं-कांग्रेस नेता शशांक कोइरालाले महारागन्जस्थित निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेताहरुले छलफल चलाएका छन् ।

आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफलमा जुटेका हुन् ।

नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतसहितको बैठक सुरु भएको छ ।

चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत,गुरु बराल, नैन सिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन् ।

अरु नेता कार्यकर्ता चियापान गरिरहेका बेला शशांकसहितका पूर्वपदाधिकारीहरू छुट्टै बैठक बसेका हुन् ।

पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले आज चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

सम्बन्धित समाचार