AarthikBikash
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • राजनीति
  • निजी मेडिकल कलेजलाई सहयोग नगर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

निजी मेडिकल कलेजलाई सहयोग नगर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

  • बिहिबार, बैशाख ११, २०८२
निजी मेडिकल कलेजलाई सहयोग नगर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिएका छन् ।

सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको भन्दै मन्त्री पौडेलले निर्णय कार्यावन्यन नगरेसम्म मन्त्रालयबाट कुनै पनि सहयोग नहुने बताए ।

बिहीबार नेपाल चिकित्सक संघ, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिसँगको छलफलमा मन्त्री पौडेलले सरकारले गरेको निर्णयलाई जुनसुकै हालतमा पनि निर्णय गर्ने बताए ।

मन्त्री पौडेलले भने–‘निजी मेडिकलले ४८ हजार निर्वाह भत्ता कार्यावन्यन नगरेसम्म मन्त्रालयसँग सरोकार रहेका कुनै पनि काम अगाडी बढ्दैन । निजी मेडिकल सञ्चालकले यसविषयमा थप तर्क गरिराख्न पदैन ।’

उनले अगाडी थपे–‘सरकारले निर्णय गरेपनि लागू नुहने अवस्था बनिरहेको छ । त्यसमा सरकारले कार्यावन्यन गर्ने पक्षलाई के गर्ने हो त्यसमा सोच्न जरूरी छ ।’

निजी मेडिकल सञ्चालकले सेवा मुलुकभन्दा पनि व्यापारको हिसाबले मात्रै हेरिएको उनको भनाइ छ । ‘पीजी पढ्ने आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन नसक्ने होइन । यो सहुलियत कतैबाट खोज्न जरूरी छैन,’ मन्त्री पौडेलले भने ।

पीजीको सिट र शुल्क बढाउनका लागि छलफल गर्न सकिने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार