AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • नीति तथा कार्यक्रममा प्रचण्डको टिप्पणी : माफियाका लागि विधेयक,भूमिहीनलाई वेवास्ता किन ?

नीति तथा कार्यक्रममा प्रचण्डको टिप्पणी : माफियाका लागि विधेयक,भूमिहीनलाई वेवास्ता किन ?

  • सोमवार, बैशाख २२, २०८२
नीति तथा कार्यक्रममा प्रचण्डको टिप्पणी : माफियाका लागि विधेयक,भूमिहीनलाई वेवास्ता किन ?

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै माफियामैत्री नीति अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । सरकारको ध्यान विचौलिया र माफियाहरूका सेवामा केन्द्रित भएको उनको भनाई थियो ।

उनले भने, ‘एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाइयो। कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई निष्काशित गरियो। बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पारियो तर, त्यहीनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईंहरूमा पलाएन ? अहिले पनि निकै कञ्जुस्याईं गरेर नीति कार्यक्रममा उनीहरुको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेखियो। तर माफियाहरुका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापनहरू त्यसैपनि पत्याउने आधार बाँकी राख्नुभएको छ ?’

भूमिहीन र सुकुम्बासीलाई राज्यले महत्व नदिँदा सरकारको समावेशीता र सामाजिक न्यायका दावी कमजोर बनिरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार