AarthikBikash
बिहिबार, बैशाख २५, २०८२
  • होमपेज
  • राजनीति
  • अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ : गृहमन्त्री लेखक

अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ : गृहमन्त्री लेखक

  • बिहिबार, बैशाख २५, २०८२
अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

पीडितलाई केन्द्रविन्दुमा राखेर मात्र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याइने उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा लेखकले संक्रमणकालीन न्यायको विषय गम्भीर र अत्यन्तै महत्वपूर्ण भएको बताए । यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन ।

उनले भने – अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ ।’

यौनजन्य हिंसाका पीडित धेरै रहेको चर्चा गर्दै उनले बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप हुन नसक्ने स्पष्ट पारे । सरकार पूर्ण रूपमा पीडितलाई न्याय दिने विषयमा केन्द्रित रहेको भन्दै उनले अब यो विषयमा ढिलाइ गर्न नहुने बताए ।

सम्बन्धित समाचार