AarthikBikash
शुक्रबार, बैशाख २६, २०८२
  • होमपेज
  • राजनीति
  • नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

  • शुक्रबार, बैशाख २६, २०८२
नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने भएको छ।

बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधिसभा बैठकमा बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। सोमबारदेखि निरन्तर छलफल भइरहेको प्रतिनिधिसभामा छलफलका लागि छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले शुक्रबार सकिने संसद सचिवालयले जनाएको छ ।

सरदर १५ देखि २० घण्टा छलफल गर्ने परम्परा रहेकोले यो वर्ष पनि औसतमै छलफलको समय राखिएको सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । राष्ट्रिय सभामा भने २२ र २३ गते दुई दिन छलफल भएको थियो ।

दुवै सदनमा यही २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए पछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ। त्यसपछि संसदमा प्रि–बजेट छलफल अघि बढ्नेछ। नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ।

शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

सम्बन्धित समाचार