काठमाडौं – पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा–३२ लामेआहालमा दुर्घटना भएको हो ।
चालक सहित १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई उपचारक लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
उनका अनुसार लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।