काठमाडौं-पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन(आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आजको अन्तरबिरोधलाई चिरेर सही ढङ्गले निर्क्योल गर्न जरुरी रहेको बताए । कुनै पनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ छ ।
आजका अवस्थामा आफूहरूको निशाना को हो ? कसका विरुद्ध समाजवादी क्रान्ति गर्छौँ नेपालमा ? भन्ने कुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए ।
त्यसका लागि कम्युनिस्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
साना—साना राजनीतिक दलहरू खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताए ।