AarthikBikash
आइतवार, जेष्ठ ५, २०८२
  • होमपेज
  • राजनीति
  • परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता

  • शनिबार, जेष्ठ ४, २०८२
परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच भेटवार्ता भएको छ ।

सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन् ।

भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन् । साथै, मन्त्री डा. राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरिन्।

त्यसैगरी, सो भेटका क्रममा मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सम्बन्धित समाचार