AarthikBikash
शनिबार, जेष्ठ ११, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सशस्त्रका असई छन्त्याल सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा, सगरमाथा संवाद’को झन्डा फहराउन सफल

सशस्त्रका असई छन्त्याल सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा, सगरमाथा संवाद’को झन्डा फहराउन सफल

  • आइतवार, जेष्ठ ५, २०८२
सशस्त्रका असई छन्त्याल सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा, सगरमाथा संवाद’को झन्डा फहराउन सफल

काठमाडौं-सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।

जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन् ।

असई छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

सम्बन्धित समाचार