काठमाडौं-कामाठाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ ।
बुधबार बिहान ग्यास लिक भएर आगलागी भएको हो । आगलागी दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी जनाएको छ ।
आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट ३ लाख बराबरको क्षति भएको बताइएको छ ।
आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी जनाएको छ ।