AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

  • बुधबार, जेष्ठ ८, २०८२
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार दिउँसो १ बजेदेखि करिब ६ घण्टा बसेको समितिको बैठकमा सबै सदस्यहरूले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेश पोखरेलले निर्णयसहित उपसमितिको प्रतिवेदन पठाएका हुन् ।

बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टाचारका विषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ ।

प्रतिवेदनमा रहेका विषयलाई आवश्यक यथाशिघ्र अध्ययन, अनुसन्धान गरि कारबाही प्रक्रिया अघि बढाउने गरि अख्तियारमा पठाइने उनले बताए।

सम्बन्धित समाचार