AarthikBikash
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • राजनीति
  • सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड

सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड

  • शुक्रबार, जेष्ठ १०, २०८२
सहिद मार्गलाई बजेटमा समेट्न पहल गरिरहेका छौ : प्रचण्ड

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकाले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्नको लागि सडकको विस्तार र कालोपत्र गर्न सरकारलाई अनुरोध गरे ।

उनले भने, ‘सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो । तर त्यसले सार्थकता पाउन सकेन, यसपालि विशेष प्रयत्न गर्छौँ ।’

स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले सडक महत्त्वपूर्ण रहेको बताए ।

भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा पनि विकास निर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए ।

पार्टीले सुरू गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ बनाएको उनको भनाई छ ।

सम्बन्धित समाचार