AarthikBikash
बिहिबार, जेष्ठ १६, २०८२
  • होमपेज
  • राजनीति
  • ५५०४ जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको प्रतिवेदन अख्तियारमा पेश

५५०४ जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको प्रतिवेदन अख्तियारमा पेश

  • सोमवार, जेष्ठ १३, २०८२
५५०४ जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको प्रतिवेदन अख्तियारमा पेश

काठमाडौं-राष्ट्रिय सतर्कता केन्द्रले ५ हजार ५ सय ४ जना कर्मचारीहरूले सम्पत्ति विवरण नबुझाएको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरेको छ ।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसमक्ष पेश गरेको हो ।

केन्द्रको प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारीमध्ये ५ हजार ५ सय जनाले सम्पत्ति विवरण नबुझाएका हुन् ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजु कुमार वैद्यले बुझाएको प्रतिवेदनमा विगत बर्षहरुमा भन्दा सम्पत्ति विवरण नबुझाउनेको संख्या घट्दो क्रममा रहेको छ ।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० ९१० बमोजिम सार्वजनिक पद धारण गरेको मितिले ६० दिन भित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र कानून बमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक बिवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार