AarthikBikash
बुधबार, जेष्ठ १५, २०८२
  • होमपेज
  • राजनीति
  • आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठाउने हर्क साम्पाङको घोषणा

आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठाउने हर्क साम्पाङको घोषणा

  • मङ्लबार, जेष्ठ १४, २०८२
आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठाउने हर्क साम्पाङको घोषणा

काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

उनले मिसन ८४ को रूपमा घोषणा गर्दै दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू आफ्नो उम्मेदवार बन्ने बताए ।

‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेदवार बन्ने छन्,’ उनले फेसबुकमा लेखेका छन् ।

सम्बन्धित समाचार